तेक्वान्दो हान्मादाङमा १५ सय खेलाडी पोखरा आउने

पोखरा, ५ फागुन /फागुन तेस्रो साता हुने पोखरा विश्व तेक्वान्दो प्रतियोगिताको तयारी तीब्र बनेको छ ।

तेक्वान्दो हान्मादाङमा १५ सय खेलाडी पोखरा आउने
तेक्वान्दो हान्मादाङमा १५ सय खेलाडी पोखरा आउने

कोरियास्थित विश्व तेक्वान्दो मुख्यालय, नेपाल तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघको संयुक्त आयोजनामा फागुन १५ देखि १७ गतेसम्म ‘पोखरा विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता’ हँुदैछ ।

प्रतियोगितामा २० राष्ट्रका १ हजार ५ सय खेलाडीले सहभागिता जनाउने कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए । उनले भूकम्पपछि नेपालको पर्यटन क्षेत्रलाई सहयोग पु¥याउन कोरियाले खेल नेपालमा आयोजना गर्न लागेको बताए ।

पोखरा प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रतियोगितामा डोमभित्र ३ वटा एरिना तथा बाहिर मुख्य स्टेज निर्माण गरी खेल सञ्चालन हुने छ । सन् १९७२ बाट कोरियामा लगातार रुपमा हुँदै आएको हान्मादाङ पहिलोपटक पोखरामा आयोजना हुन लागेको हो ।  प्रतियोगितामा करिब १ करोड ५० लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

कमेन्टहरु
Loading...