१५ औं आहारारा गोल्ड कपबाट, सहारा क्लबलाई २८ लाख बचत

पोखरा ३१ असार /सहारा क्लब पोखराले आहारारा गोल्डकपको १५ औं संस्करणबाट २७ लाख ७८ हजार बचत गरेको छ । शनिबार गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालित १५ औं आहारारा गोल्डकपको आयव्यय सार्वजनिक क्लबले प्रतियोगिता बचत रकम सहारा एकेडेमी सञ्चालनमा खर्च गर्ने बताएको छ ।

आय व्यय सार्वजनिक गर्दै प्रतियोगिताका आर्थिक संकलन उपसमिति संयोजक टीका बहादुर कार्कीले कुल ९७ लाख १० हजार आम्दानी मध्ये ६९ लाख ३२ हजार रुपैया खर्च कटाएर २७ लाख ७८ रुपैया बचत भएको जानकारी दिए । प्रतियोगितामा सबै भन्दा बढि टिकट विक्रिबाट ४१ लाख ५० हजार, प्रायोजक मार्फत ३० लाख ५९ हजार, ब्यानर प्रमार्फत २२ लाख रुपैया आम्दानी भएको कार्कील जानकारी दिए ।

क्लबका अध्यक्ष बिरभन्द्र आचार्यका अनुसार १५ औं संस्करणमा बचत भएको रकम १४ औं संस्करणको भन्दा कम भएको बताए । अघिल्लो संस्करणमा झण्डै ३५ लाख रुपैया बचत भएकोमा १५ औं संस्करणमा ७ लाख भन्दा बढी कम बचत भएको बताए ।

प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनको लागि खर्च उनले बताए । एकेडेमीमा हाल १६ जिल्लाका २८ बालकहरु आश्रित छन् । एकेडेमी सञ्चालनको लागि मासिक झण्डै दुई लाख रुपैया खर्च लाग्ने गरेको अध्यक्ष आचार्यले बताए ।

आय व्यय सार्वजनिक कार्यक्रमका प्रमुख प्रायोजक हिमश्री फुड्सका अध्यक्ष सुर्यबहादुर केसी, पश्चिमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ लगाएतले प्रतियोगितालाई निरन्तर सहयोग गर्ने बताए । सोही अवसरमा खेलकुद पत्रकार मञ्च कास्कीले सञ्चालने गर्ने स्पोर्ट अवार्डका लागि सहाराले ५० हजार सहयोग गरेको छ ।

कमेन्टहरु
Loading...