दशौ सफल पोखरा म्याराथन शनिवार

पोखरा २० फागुन /पोखरामा शनिवार हुने १० औं पोखरा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले विहिवार पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

दशौ सफल पोखरा म्याराथन शनिवार
दशौ सफल पोखरा म्याराथन शनिवार

प्रतियोगितामा झण्डै १५ सय खेलाडीले सहभागिता जनाउने आयोजकको दावि छ । प्रतियोगिता अन्तर्गत ४२ किलोमिटर दौडमा दुई विदेशी सहित ५० जना धावकले नाम दर्ता गराएका छन् । त्यस्तै ह्विल चियर दौड महिला पुरुष दुवै तर्फ ८र८ जनाले सहभागि जनाउने भएका छन् । बिद्यालय तर्फ पाँच किलोमिटर छात्र दौडमा दुई सय र छात्रा तर्फ एक सय ७५ बिद्यार्थीले नाम दर्ता गराएका छन् ।

सफल पोखरा अन्तराष्ट्रिय म्याथन नाम दिईएको दशौ संस्करणमा ४२ किलोमिटर दौड बिजेतालाई ६० हजार, दोस्रोलाई ४०, तेस्रोलाई २५ र सान्तोना स्वरुप चौथो हुनेलाई ४ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै बिद्यालय तर्फ छात्र र छात्रा पाँच किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ७, ५ र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ह्विल चियर दौड पुरुष र महिला तर्फ पहिलो दोस्रो र तेस्रो हुनेले ३, २ र एक हजार पुरस्कार हात पार्नेछन् । रन फर फनको रुपमा सबै क्षेत्रका ब्यक्तिहरुले दौडमा सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष खड्ग बहादुर रानाभाटले जानकारी दिए ।

लगातार नवौ संस्करण सम्म सञ्चालन भएर आर्थिक समस्याले पाँच बर्षदेखि स्थगित पोखरा म्याराथलाई यो बर्षदेखि लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गरेको छ ।

कमेन्टहरु
Loading...