करणले नेपाललाई जित दिलाए

ओमान, २० असोज / करण केसीको अलराउन्ड प्रदर्शनले ओमानमा जारी पाँच देशको टी २० श्रृंखलामा सोमबार नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको छ ।

नेपालका तर्फबाट बलिङ गर्दा ४ विकेट लिएका करनले ७ नम्बरमा ब्याटिङ गर्न आएर केबल १४ बलमै ३१ रन बनाउँदै रोमाञ्चक जित दिलाएका छन् ।

खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएकोमा करणले २ छक्का र १ चौका हान्दै पाँच बलमै नेपाललाई लगातार दोस्रो खेलमा विजयी बनाएका छन् ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए भने हङकङविरूद्ध आइतबार अविजित ५८ रन बनाएका विनोद भण्डारीले २६ रन बनाए ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको थियो।

नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा २० रन खर्चेर सर्वा्धिक ४ विकेट र करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। साथै ललित नारायण राजवंशीले एक विकेट लिए।

कमेन्टहरु
Loading...