पोखरा, ७ असोज/पोखराको लेकसाइडमा जारी दोस्रो खुल्ला स्नुकर टुर्नामेन्ट पोखरामा दुई खेलमा दोस्रो चरणका लागि ५ जना र तेस्रो चरणका लागि ७ जना छनौट भएका छन् । स्नुकर खेल प्रति समाजको धारणा परिवर्तन गर्नका लागी सोम बि.कले आयोजना गरेको स्नुकर टुर्नामेन्ट पोखराको लेकसाइडमा रहेको माक्र्यु स्नुकर क्लबमा जारी रहेको छ ।
बिहीबार भएको खेलमा राजु गुरुङ, दिलिप कुबर ,महेश श्रेष्ठ ,शेखर शेरचन, निर्मल पराजुली दोस्रो चरणमा प्रबेश गरेका छन् ।
त्यस्तै बिकाश मर्हजन ,सतिस गुरुङ ,असिम गुरुङ, दिपेश क्षेत्री,सुरेश गुरुङ ,गणेश जैशवाल र नविन राना तेस्रो चरणमा प्रबेश गरेका छन् ।
पोखराभरका १० समुहका ६४ जना खेलाडीले प्रतिश्पर्धा गर्ने प्रतियोगिताको आगामी असोज १० गतेसम्म संचालन हुने जनाइएको छ । प्रतियौगितामा प्रथम हुनेले ४० हजार र शिल्ड दोस्रो हुनेले २० हजार र शिल्ड ,तेस्रो हुनेले १० हजार र शिल्ड र हाई ब्रेक गर्नेलाई ३ हजार पुरस्कारको ब्यबस्था गरिएको टुर्नामेन्ट संयोजक सोम बि.क.ले जानकारी दिए ।