दक्षिण अफ्रिका दोस्रो खेलमा हार, बंगलदेशद्वारा २१ रनले पराजित

पोखरा, २० जेठ/एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमै विशाल रनको लक्ष्य पछ्याउँदै पराजय खेपेको दक्षिण अफ्रिकाले बंगलादेशसँग दोस्रो खेल पनि उस्तै लक्ष्य पछ्याउने क्रममा पराजित भएको छ ।

लगातार दोस्रो खेलमा पराजित भएपछि दक्षिण अफ्रिकालाई सेमिफाईनल पुग्ने सम्भावना कमजोर बनेको छ । इग्ल्याण्डसँगको पहिलो खेलमा ३११ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १०४ रनले पराजित भएको थियो । तर बंगलादेशसँग पनि ३३१ रनको लक्ष्य पछ्याउने क्रममा २१ रनले हार स्वीकार्यो ।

तेस्रो विकेटको लागि मुश्किर रहिम र शाकिब अल हसनले १४२ रनको साझेदारी गरेपछि बंगलादेशले दक्षिण अफ्रिका विरुद्ध विशाल स्कोर लक्ष्य दिने सम्भावना बढ्दै गएको थियो । रहिमले ८० बल खेल्दै ७८ रन जोड्ने क्रममा ८ चौका ठोके । हसनले पनि उत्कृष्ठ इनिंग खेल्ने क्रममा ८४ बलमा ७५ रन जोड्ने क्रममा ८ चौका र १ छक्का हिर्काएका थिए ।

पहिलो विकेटको रुपमा तमिम इग्बललाई १६ रनमै गुमाएको बंगलादेशलाई सौम्या सरकारलाई क्रिजमा साथ दिन रहिम भित्रिएका थिए । सरकार पनि व्यक्तिगत ४२ रन बनाउने क्रममा आउट भएपछि रहिम र हसनले तेस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी गरेका थिए । उनीहरुको साझेदारी विश्वकपमा बंगलादेशले बनाएको यो सबैभन्दा ठूलो साझेदारी पनि हो ।

महमुल्लाहले ४६ रन नटआउट हिर्काएपछि बंगलादेशले ६ विकेटको क्षतिमा ३३० रनको विशाल योगफल तयार पारेको थियो । विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका एफ डु फ्लेसिसले अर्धशतकीय पारी खेल्दै ठोस इनिंग खेलेपनि जितसम्म डोहोर्याउन भने सकेनन् ।

५३ बल खेल्दै ५ चौकार १ छक्का प्रहार गरेको उनी आउट भएपछि दक्षिण अफ्रिका कमजोर जस्तै देखियो । एके मार्कमले ४५, मिलरले ३८, जेपी डुमिनीले ४५ र उनीभन्दा अघि डुुसेनले ४१ रन बनाएका थिए । मुस्ताफिजुर रहमानले ३ विकेट लिएका थिए ।

कमेन्टहरु
Loading...