CAN

विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबलमा पाँच खेल

29

पोखरा, ९ पुस /विष्णुपादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतवार पाँच खेल सम्पन्न भएको छ ।आइतवार भएको पहिलो खेलमा दिव्यदृष्ट वि ले एल जि एकेडेमीलाई ३–० ले पराजित ग¥यो भने भदौरेले केवी गाइजलाई २–० ले पराजित ग¥यो ।त्यस्तै एम–१२ खेलमा सहभागित नभएपछि साझा एफसी अघिल्लो चरणमा पार गर्दै गर्दा रेस्टोरेसन चर्चले हेमजा एफसी जापानलाई ४–० ले पराजित ग¥यो । आइतवार भएको अन्तिम खेलमा डुव्रे एफसीले रत्न समाज सेवा क्लबलाई ४–१ गोल अन्तरले पराजित ग¥यो ।

सोमबार पहिलो खेल ग्रीन भ्याली र फो दु फाइव, दोस्रो खेल एलसी व्रोदर्स र हेमजा युनाईटेड वि, तेस्रो खेल युनिक एफसी र सेभेन–एट गाइज, चौथो खेल दिव्यदृष्टी ए र मालेपाटन एकेडेमी तथा अन्तिम खेल डिएफसी हेमजा र वि–१३ वि हुने विष्णु पादुका क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको छ ।विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन भएको छ । प्रतियोगिता पुस १४ गते सम्म चल्ने छ ।‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।त्यसैगरी अनुशासित टिमलाई १० हजार ट्रफी मेडल प्रमाण पत्र, सर्वोकृष्ट खेलाडीलाई ५ हजार ट्रफी मेडल प्रमाण पत्र रहेको छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डलाई ३÷३ हजार ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिमलाई पनि १० हजार रुपैया पुरस्कार रहेको छ ।