थ्रीस्टारलाई पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि

पोखरा, १८ फागुन /दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै रुस्लान थ्रीस्टारले १७ औ आहा रारा गोल्डकपको उपाधि जितेको छ । थ्रीस्टारले आर्मीलाई पेनाल्टी सुटआउट (सडन डेथ)मा पराजित गर्दै पाचौं पटक आहा रारा गोल्डकपको उपाधि उचालेको छ ।

निर्धारित र थपिएको समयमा २–२ ले टुंगिएको अवस्थामा थ्रीस्टारले सडन डेथमा पराजित ग¥यो । ५–५ पेनाल्टीमा ४–४ गोल भएपछि सडन डेथमा पुग्यो । सडन डेथमा विकास खवासको पेनाल्टीलाई थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले जोगाउँदै उपाधि उचाल्ने ढोका खोले ।

थ्रीस्टारका मिचेन तामाङको पेनाल्टी गोल भएपछि थ्रीस्टारले विजयी भयो । पाँचौ, नवौ, ११ औं र १३ औं सस्करणको उपाधि उचालिसकेको थ्रीस्टारले गत वर्ष नेपला पुलिस क्लबसँग उपविजेतामा चित्त बुझाएको थियो ।

पेनाल्टी सुटआउटमा आर्मीका लागि विकेश कुथुको प्रहारलाई एलन न्यौपानेले सेभ गरे । थ्रीस्टारका शुशिल राईले पेनाल्टीलाई क्रसबारमा लागेर फर्किएपछि निर्णय सडन डेथमा पुगेको थियो । त्यसभन्दा अघि पेनाल्टीमा आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतको गोल गरे । थ्रीस्टारको तर्फबाट रन्जित धिमाल, रुपेश केसी, विक्रम लामा र अनन्त तामाङको पेनाल्टी गोल भएको थियो ।
खेलको पाँचौ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकी गोल गर्दौ अग्रता लिएको थियो । थ्रीस्टारले पहिलो हापको ४५ औ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल रोमाञ्चक बन्न पुग्यो । रन्जित धिमालले गोल गर्दै खेल पहिलो हाफमा बराबरीमा ल्याएका थिए ।

थपिएको समयको पहिलो हाफको अन्तिम समयमा आर्मीले फेरी अग्रता लियो । १५ औं मिनेमा गोल गर्दै अग्रता बनाउने क्रममा फ्रिकिकलाई सदुपयोग गर्यो । सन्तोष तामाङले हानेको फ्रिकिकलाई थ्रीस्टारका कप्तान विक्रम लामाको हेडटच हुदैं बल भित्र छिरेपछि आर्मीले फेरी अग्रता बनाएका थियो । १० खेलाडीमा सिमित थ्रीस्टारले २२ औं मिनेटमा फ्रिकिकलाई गोल गर्दै बारबरी बनायो । थ्रीस्टारका सुनिल बललाई रातो कार्ड खाँदै बाहिरिएसँगै दश खेलाडीमा सीमित भएको थियो ।

विजयी खेलाडी तथा टिमलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब केशबबहादुर विष्ट, लुम्बिनि विकास बैंकका पुर्व अध्यक्ष शुषिल राज पराजुली लगाएतले पुरस्का वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...