पोखरा, २२ माघ/भारतको प्रसिद्घ कम्पनी र्फोस मोटर्स लिमिटेडको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली. ले पोखरामा ग्राहक भेटघाट तथा चावि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरामा पहिलो पटक ब्यवासायिक प्रयोजनका लागि भित्राइएको फोर्स मोटर्सको ट्राभलर १३ सिटे बसका पहिलो ग्राहकद्धय गोविन्द रानाभाट र भुवन पौडेललाई आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुबबहादुर थापा तथा फोर्स मोटर्स प्रालि इण्डियाका सहायक बजार प्रबन्धक सुनिल संकले चावी हस्तान्तरण गरेका थिए ।

सोही दिन भिमाद आराम यातायातका लागि पनि १० वटा बस बुकिङ्ग भएको आयाम पोखराका शाखा प्रबन्धक निरन केसीले जानकारी दिए । पोखरामा ट्याक्सी ब्यवसायी अन्र्तगत उक्त बसहरु गुड्ने छन् । कार्यक्रममा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्सालले धन्यबाद ज्ञापन सहित कम्पनीका बिशेषताका बारेमा बोलेका थिए । कम्पनी सहायक बजार प्रबन्धक सुनिल संकले फोर्स मोटर्सको प्लान्टका बारेमा प्रकाश पारेका थिए ।
आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुबबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्राइम अटोटेकका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्मा लगायतको उपस्थिती रहेको थियो । आयाम इन्टरकन्टिनेन्टल प्रा.ली. फोर्स मोटर्सको साना हलुका सवारीसाधनको आधिकारीक आयत तथा विक्री कर्ता हो । यसका साथै प्राइम अटो टेक प्रा.ली. काठमाडौले आयात गर्ने र्फोस मोटर्सका बसहरुको गण्डकी र धौलागिरीका लागि आधिकारीक विक्रेता समेत हो । आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले सबैभन्दा बढि १४ सिट क्षमता भएको क्रुजर लगायत गामा जिप , कार्गो किङ पिकअप, ट्रम्प फोर्टी डेलिभरी भ्यान जस्ता गाडिहरु विक्री वितरण गदै आईरहेको छ ।
नेपालका लागि आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली. को मुख्य कार्यालय गैरीधारा काठमाण्डौ र शाखा कार्यालय बुद्घचोक पोखरामा रहेको छ । यसका सब डिलरहरु , सिद्घार्थ अटो टे«डिङ झापा , के.आर अटोमोवाइल्स विराटनगर , मास ग्लोबल मोट्र्स राजविराज, सिद्घान्त अटोमोवाइल्स जनकपुर, रियान मोर्टस चितवन रहेका छन् । स्मरण रहोस फोर्स मोटर्सको सहयोगमा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ वि वानले पोखरा, बाग्लुङ तथा काठमाण्डौमा सेवा प्रदान गर्ने गरि ३ वटा एम्बुलेन्स सहयोग गरेको थियो ।