सागर राज तिमिल्सिना
पोखरा, २९ मंसिर /पोखराको सराङकोटमा केबलकार निर्माण बुधबार देखी सुरु हुने भएको छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गरेर केबलकार निर्माण सुरु गरेको हो । बुधबार निर्माणस्थलमा भुमिपुजा समेत गरेको छ । पोखरा २६ सेदी देखि पोखरा २६ सराङकोट सम्मजाने गरि केबलकार निर्माण गर्न लागेको हो । केबलकारमा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेश लगानी रहेको छ ।
२ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने परार्मश दाता रोपवय नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले जानकारी दिए । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालनगर्ने लक्ष्य रहेको बताए । उनले १७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवादिन सक्ने उनले बताए । पछि थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिने उनको भनाई छ । यात्रुको संख्या बढ्दै जादा डब्बा समेत बढाउन सकिन्छ उनको भनाई थियो । एउटा डब्बामा ८ जनायात्रु बस्न सक्ने छन् ।
काम सुरुभएको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्नगर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष कालु गुरुङले जानकारी दिए । केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गाप्राप्तिको काम समेत उनले बताए । वनक्षत्रे पर्ने २४ रोपनीजग्गाको अन्यत्र सट्टा जमिनदिई ४० वर्षका लागि सरकार सगँलिजमालिएको बताए । कम्पनीले पिल्लर रहेन ठाउँको निजीजग्गाकिनि सेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाकाजग्गाधनिलाई शेयर दिने बताए । केबल कार निर्माणका लागि करिब एक अर्व खर्च लाग्ने गुरुङले बताए ।
उनले १ देखि ८ आनाजग्गा पर्नेलाई ५० हजारको शेयर, ८ आना देखि १ रोपनी सम्मजग्गा पर्नेको १ लाख बराबरको शेयर दिने उनले बताए । केबलकार निर्माणका लागिआवश्यकवित्तिय स्रोतको टुंगो समेत लागि सकेको उनको भनाई छ । केबलकार निर्माणको सबै कामचितवन कोईले पाएको छ । नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमापनि सोहीप्रविधिअनुसार एउटा तारमा कार झुन्डिने छन् ।
यो प्रविधिलाई डोपलमेयरको गोन्डोला प्रविधि भनिन्छ । केबलकारमा आवश्यक सामानहरु निपोन जापानको प्रयोग हुने उनले बताए । अन्नपुर्ण केबलकार निर्माण तथा सञ्चालनका लागि तीन बर्ष अगाडि २०७० जेष्ठमा नै उद्योग विभागमा कम्पनीदर्ता भएको थियो। तर पनि विभिन्न कारणले निमार्ण प्रक्रिया सुरु हुन सकेको थिएन । केवलकार निर्माण पनि करिब २ सय जनाले रोजगारी पाउने छन्।



