पोखरा । एसओएस हर्मनमाइनर विद्यालय गण्डकीले एसओएस बालग्राम नेपालको सहयोगमा छात्रवृत्तिमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई ट्याब्लेट वितरण गरेको छ । बालग्रामका निर्देशक भगतकुमार श्रेष्ठका अनुसार अनलाइन कक्षामा पहुँच पु¥याउन कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई ट्याब्लेट वितरण गरिएको हो ।
कोरोना भाइरसको महामारीबीच अनलाइन शिक्षाको प्रभावकारिताका लागि विपन्न विद्यार्थीलाई ट्याब्लेट वितरण गरिएको एसओएस बालग्रामका सहायक राष्ट्रिय निर्देशक डा.गंगाराम गुरुङले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको दर बढिरहेको र धेरै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहँदा पूर्वाधार र प्रविधिको पहुँच नपुगिरहेको अवस्थामा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई समस्या भएको उनले बताए । कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुन नहुने उनको भनाई थियो । ट्याब्लेट वितरण कार्यक्रममा उनले कोरोना कहरले नेपालको शिक्षामा राम्रो सुरुआत भएको बताएका छन् । यो महामारीबीच शैक्षिक संस्था अनलाइन शिक्षाको अभ्यासमा जानका लागि अवसर मिलेको उनको भनाई छ ।
एसओएस गण्डकीका प्राचार्य राजेन्द्रकुमार श्रेष्ठले आर्थिक अवस्था कमजोर भएर अनलाइन शिक्षा लिनबाट बञ्चित भएका विद्यार्थीहरुलाई बट्याब्लेट वितरण गरेकोमा एसओएस बालग्राम नेपाललाई धन्यवाद व्यक्त गरेका छन् ।