पोखरामा १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज उपलब्ध गराएको पहिलो तथ्यांक अनुसार पोखरामा १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ८ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १९ र २१ वर्षीय २ जना महिला तथा ८२ वर्षीय पुरुष रहेका छन् ।

१४ नम्बर वडाका ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३२ र ३७ वर्षीय २ जना महिला तथा ४५ र ५० वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा १७ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिला तथा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १७, २० र २२ वर्षीय ३ जना महिला तथा २१ वर्षीय १ जना पुरुष रहेका छन् ।

बाग्लुङमा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर २ का ३ जना तथा वडा नम्बर ३ का १ जना रहेका छन् ।

लमजुङमा ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको मस्र्याङ्दी गाउँपालिका तथा मध्यनेपाल र सुन्दरबजार नगरपालिकाका हुन् । मस्याङ्दी तथा सुन्दरबजार नगरपालिकाका संक्रमितहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

त्यस्तै नवलपरासी पूर्वमा ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको देवचुली, गैंडाकोट, कावासोती तथा मध्यविन्दुका हुन् ।

स्याङ्जाका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ३ का ३२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

तनहुँमा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ जनाको पोखराको फेवासिटी अस्पतालमा उपचारत रहेका छन् । अन्य संक्रमितहरु जिल्लाको भिमाद नगरपालिका, ब्यास नगरपालिका तथा घिरिङ गाउँपालिकाका रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ८ सय ७९ पुगेको छ ।

कमेन्टहरु
Loading...