मुख्यमन्त्री ज्यु नमस्कार,
तपाईंलाई त सन्चै होला तर यो प्रदेशलाई बिसन्चो छ । तपाईंले प्रदेशको संसदमा सम्बोधन सम्झिरहेछु । तपाईंले भनेजस्तो कोरोनालाई न मुक्तिनाथले रोक्न सक्यो न त बिन्दुबासिनीले नै बरु फैलियो भुसको आँगो बनेर समुदायमा । कोरोना संक्रमणकै बिचमा तपाईं पनि सयौँ मान्छे जम्मा गरेर पार्टी प्रवेश गराउँदै हिड्नु भो ।
पत्रकारले कोरोनाको तयारी के भन्दा केहि कमि नभएझै घोषणा गर्नु भयो । मानौँ गण्डकी प्रदेशमा कोहि पनि जनताले कोरोनाको उपचारका लागि चिन्ता लिनु पर्दैन । तर सत्य त्यसको ठिक बिपरित बन्यो ।जटिल समस्या भएका बिरामीहरुले अस्पतालमा विस्तारा पाउन सकेनन् । अस्पताल डुलाउदा डुलाउँदै मृत्युवरण गर्न पर्यो । कोरोना उपचारको लागि भने तोकिएको सरकारी अस्पतालमा सिट खाली छैन । प्रदेश सरकारले बनाएको कोभिड अस्पतालको हालत सुनिरहनु भएको नै होला ।
तपाईंहरुले तोकेको निजि अस्पतालमा एक लाख डिपोजिट नगरि उपचारको लागि बिरामीले अस्पतालमा बेड पाउँदैन । स्वाब निकालेको हप्तादिन सम्म रिपोर्ट आउँदैन । कोरोना संक्रमणको बेला फ्रन्ट लाइनमा बस्ने स्वास्थ्यकर्मीहरु पनि धेरै संक्रमित भएका छन् । उनीहरुको कामलाई सम्मान गर्दै सम्झने धृष्टता पनि गर्नु भएन होला ।
करिव पाँच हजार संक्रिय संक्रमित प्रदेशभर छन भने कास्कीमा मात्रै करिव तीन हजार बढि छन् । तर आइसोलेसनमा कति छन् ? होम आइसोलेसनमा भएकाहरुलाई कस्ले सम्पर्क गरिरहेको बुझ्ने फुर्सद पाउनु भएको छैन होला तपाईंलाई त अनुगमन र उद्घाटन गर्न नै ठिक्क छ ।
यतिबेला सरकारले के गर्यो भने भने सजिले उत्तर दिन सकिन्छ यतिबेला प्रदेश सरकारले लाश गर्ने र संक्रमितको संख्या भन्ने गरेको छ । त्यसको अलबा लाश व्यबस्थापन पनि गरिरहेको छ । भोकमरिले लपेटेको एक गरिवलाई कोरोना लाग्यो भने त्यसले उपचार पाउने सम्भाबनाको अन्त्य भएको यो समयमा प्रदेश सरकारले अरु केहि गर्न नसके पनि राहतमा एक बोत्तल विष किनेर दिनुहोस । ताकी मर्नका लागि जनतालाई थप ऋण गर्न नपरोस ।
हजुरको रैति
सौगात पोखरेल