पोखरा । पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप २१ जनालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये सबैभन्दा बढी १२ जना गण्डकी मेडिकल कलेज पोखराका रहेका छन् । त्यहाँका ६ जना महिला तथा ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २१, २४, २६, ३७, ४० र ४१ वर्षीय ६ जना महिला तथा २९, ४५, ५०, ५३, ५६ र ६५ वर्षीय ६ जना पुरुष रहेका छन् ।
त्यस्तै पोखरा १ का २६ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ५ का १९ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ७ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १३ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ७६ वर्षीय १ जना महिला तथा ७१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १४ की ३० वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १७ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३०/३० वर्षीय २ जना महिला तथा ९० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको आज दिउँसोको तथ्यांक अनुसार कास्कीको रुपा गाउँपालिकाका १ तथा पोखराका ७८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै आज कास्कीमा यो समाचार तयार पार्दासम्ममा १ सय जनालाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पर्वतमा ३ तथा तनहुँका ९ जनालाई समेत संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ८ सय २७ पुगेको छ ।