रुपा गाउँपालिकाका १ सहित कास्कीमा थप १५ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कास्कीमा थप १५ जनालाई संक्रमण पुष्टि भएको हो ।

कास्कीको रुपा गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर १ का २१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४७ र ६२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३ की ५४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ नम्बर वडाका २० वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा १० का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १० वर्षीय बालक सहित १९, ३४, ५४ र ५६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १३ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१७ नम्बर वडाका २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ३० का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३२÷३२ वर्षीय १ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३२ का ३२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरामा आज बिहान समेत २९ जनालाई संक्रमण पुष्टि भएको थियो । दिउँसो यो समाचार तयार पार्दासम्मको तथ्यांक अनुसार पोखरामा ४३ तथा रुपा गाउँपालिकाका १ सहित कास्कीमा ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यता तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका ४ का ३२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ७ सय ५३ पुगेको छ ।

कमेन्टहरु
Loading...