पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ४ जना कोरोना संक्रमितको निधन

पोखरा । पोखरामा थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । मृतक ४ जनाको नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का ६८ वर्षीय पुरुषले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । उनको बिहीबार राति ११ बजे ज्यान गएको हो । उनी मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।

मंसिर ४ गते नै अस्पताल भर्ना भएका ७५ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ । पोखरा २१ का उनको बिहीबार राति ११ बजेर २० मिनेट जाँदा ज्यान गएको हो ।

त्यस्तै पोखरा १७ का २९ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको आज दिउँसो साढे १२ बजे ज्यान गएको हो । उनी आजै अस्पताल भर्ना भएका थिए ।

यता पोखरा १३ का ५५ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ । उनको आज बिहान ४ बजे ज्यान गएको हो । उनी निधन हुनुभन्दा केही समय अगाडिमात्र अस्पताल भर्ना भएका थिए ।

कमेन्टहरु
Loading...