पोखरा । जिल्ला सहकारी संघ कास्की बरिष्ठ उपाध्यक्ष बलराम गौतमलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामान्य लक्षण देखीएपछि गौतम कात्तिक २९ गतेदेखी होम आइसोलेशनमा रहेका थिए ।
‘मेरो स्वास्थ्य थोरै प्रभावित भएको थियो तर अहिले सामान्य बन्दै गएको छ’, गौतमले फेसबुकमा लेखेका छन् ।
उनले सबैलाई सर्तक र सुरक्षित रहन आग्रह समेत गरेका छन् ।