पोखरा । पोखरामा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ७ जनालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा ११ का ५ जना रहेका छन् । सो वडाका संक्रमितहरु ३३, ३६ वर्षीय २ जना र ४७ वर्षीय गरेर ४ जना पुरुष तथा २८ वर्षीय १ जना महिला रहेका छन् ।
वडा नम्बर १९ का ३३ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का ३१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
अेही समय अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा ७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ७७ जनालाई संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १० हजार ६ सय ८८ पुगेको छ ।