पोखरा । पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ३ जनाको ठेगाना खुलेको छैन । उनीहरु १६ वर्षीय १ जना किशोरी तथा ३६/३६ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १९ र ७४ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ८ का २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ र ६३ वर्षीय २ जना महिला रहेका छन् ।
१० नम्बर वडाका २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५५ वर्षीय १ जना महिला तथा २८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १२ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३० र ३५ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १७ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमितहरु ५९ वर्षीय १ जना महिला तथा २५ र ६५ वर्षीय २ जना पुरुष रहेका छन् ।
केही समय अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा ५५ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जामा र तनहुँमा १/१ जनालाई संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ६ सय ८१ पुगेको छ ।