पोखरा । पोखरामा थप ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रmममा पोखरामा थप ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २३, २५ र ६१ वर्षीय ३ जना महिला तथा ४१ र ६७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर २ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५० वर्षीय १ जना महिला तथा ४९ र ५७ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
४ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३८ वर्षीय १ जना महिला तथा ५३ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा ५ का ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका २९ र ३२ वर्षीय २ जना महिला तथा २० वर्षीय १ जना पुरुष हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर ७ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ६० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ८ की ४८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १० का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४२ र ४४ वर्षीय २ जना महिला तथा २१, ४९, ५० र ८८ वर्षीय ४ जना पुरुषालई संक्रमण पुष्टि भएको हो ।
११ नम्बर वडाकी ६१ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १२ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३८, ४६ र ८० वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५९ वर्षीय १ जना महिला तथा २८ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १४ का २३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
१५ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २५ वर्षीय १ जना महिला तथा ६० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १७ का २ जनालाई संक्रलमण पुष्टि भएको छ । सो वडाका संक्रमितहरु २९ र ७९ वर्षीय २ जना महिला रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १८ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३९, ४३ र ५७ वर्षीय ३ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर २५ का ३० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
२६ नम्बर वडाका २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा २७ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५१ र ५२ वर्षीय २ जना महिला तथा २५ र ४७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ३३ का ५८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा १३ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा आज ५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पर्वतमा १ जना, स्याङ्जामा ३ जना तथा नतहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ६ सय ६४ पुगेको छ ।