पोखरा । पोखरामा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४२ र ६८ वर्षीय २ जना महिला तथा ३४ र ५३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ४ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
६ नम्बर वडाका ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४ वर्षीय बालिका, ३५ र ८१ वर्षीय महिला तथा ३७, ५६ र ७५ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३० र ३४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ९ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ५८ वर्षीय १ जना महिला तथा ३६ र ३८ वर्षीय २ जना पुरुष रहेका छन् ।
१२ नम्बर वडाका २५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ३३ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १७ का १ जना ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २७ का १ जना ४४ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज बिहानको तथ्यांक अनुसार पोखरामा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै स्याङ्जामा २ तथा तनहुँमा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ५ सय ३७ पुगेको छ ।