ब्रेकिङः सराङकोटबाट आउँदै गरेको कार पल्टियो

गन्थन न्युज

पोखराको सराङकोटबाट तलतिर आउँदै गरेको निजी हुन्डाई कार बिन्ध्यवासिनी नजिकको ओरालोमा दुर्घटना भएको छ ।

सडकबाट करिब १० मिटर तल खस्दा कारमा क्षति भएपनि त्यसमा सवार ३ जना सकुशल छन् । कारमा ब्रेक नलाग्दा अनियन्त्रित भई तल खसेको हो ।

चालक एवं सवार व्यक्तिहरुले मादक पदार्थ भने सेवन नगरेको जनाइएको छ ।

कमेन्टहरु
Loading...