ऋषिकान्त पौडेल
गाई तिहारको दिन आफ्नो पुरानो पार्टीको चुनाव चिन्ह सम्झेर नेता कमल थापा भावुक बनेका छन् ।
सामाजिक सञ्जालमा आज गाईको पूजा गरेको तस्वीर पोष्ट गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको पार्टीका लागि गाई नै चुनाव चिन्ह उपयुक्त हुने महशुस गरेका छन् ।
केहि समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) एकीकरण भएका थिए । एकीकरणपश्चात राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ परिवर्तन गरी ‘हलो’ कायम गरिएको थियो ।
राप्रपा अध्यक्ष पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीलाई चुनाव चिन्ह ‘गाई’ राख्ने विषयमा सहमत गराउन नसक्नु आफ्नो कमजोरी भन्दै नेता थापाले प्रायश्चित गरेका छन् ।
उनले लेखेका छन्– ‘पार्टी एकताको नाममा राप्रपाको लोकप्रिय र सर्वाधिक उपयुक्त चुनाव चिन्ह ‘गाई’ गुमाउनुको पीडा फेरी एक पटक बोध भयो ।’