गाजाबाट इजरायलतर्फ २ वटा रकेट प्रहार

एजेन्सी । गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि २ वटा रकेट प्रहार गरिएको समाचार छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा २ वटा रकेट प्रहार गरिएको छ ।

इजरायलको डिफेन्स फोर्सका तर्फबाट आइतबार बिहान गरिएको ट्वीटमा गाजातर्फबाट इजरायलमा आइतबार बिहान सबेरै २ वटा रकेट प्रहार गरिएको भनिएको छ ।

इजरायलको दक्षिणी सहर आसदोद र दक्षिणतर्फकै अर्को सहर सेफला क्षेत्रमा ती २ वटा रकेट हानिएको उक्त डिफेन्स फोर्सले आइतबार बिहान ट्वीट गरेर जानकारी दिएको हो । सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन ।

इजरायलको सो डिफेन्स फोर्सले आइतबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।

सुरक्षा निकायले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी पनि उक्त ट्वीटमा दिइएको प्राप्त समाचारमा जनाइएको छ । रासस

कमेन्टहरु
Loading...