कोरोना अस्पतालमा आगलागी, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । रोमानियाको एक कोरोना अस्पतालमा आगलागी भएको छ ।  कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको उक्त अस्पतालमा आगलागीका कारण हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । त्यस्तै केही गम्भीर घाइते भएका छन् । उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो ।

 

विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले स्थानीय सञ्चारमाध्यमले बताएका छन् । सो अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ।

कमेन्टहरु
Loading...