पोखरामा थप ३९ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३९ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २२, ३२ र ४५ वर्षीय ३ जना महिला तथा १९ र ४८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २ का ३६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ३ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३२ वर्षीय १ जना महिला तथा २४ र ८३ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ४ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ७ का ३० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

८ नम्बर वडाका ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३२, ३९, ५३ तथा ६५ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ९ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २३ वर्षीय १ जना महिला तथथा ६३ र ६४ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३३ वर्षीय १ जना महिला तथा ३३ र ५० वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर १२ का ५८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

१३ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ५७ वर्षीय १ जना महिला तथा ६० वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १४ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ६५ वर्षीय १ जना महिला तथा ४३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१५ नम्बर वडाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४८ वर्षीय १ जना महिला तथा ४९ र ६७ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५९ वर्षीय १ जना महिला तथा ४० र ४७ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा १७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २९, ३३ र ५९ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर २६ का ३७ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

२७ नम्बर वडाका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ५१ वर्षीय १ जना महिला तथा ४७ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा २९ का २४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार कास्कीमा आज दिउँसो समेत १ सय ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसमा ४ जना मादी तथा अन्नपूर्ण गाउँपालिकाका रहेका थिए । यससंगै यो समाचार तयार पार्दासम्म आज कास्कीमा १ सय ४८ जनालाई संक्रमण पुष्टि भएको छ । जसमा पोखराका १ सय ४४ जना रहेका छन् ।

यस्तै लमजुङमा २, पर्वतमा २, स्याङ्जाका १ तथा तनहुँमा २ जनालाई संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार २ सय ८५ पुगेको छ ।

कमेन्टहरु
Loading...