पोखरा । पोखरामा थप ८७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु १० जनाको ठेगाना खुल्न सकेको छैन । जसमध्ये ४ जना महिला तथा ६ जना पुरुष रहेका छन् । ठेगाना खुल्न नसकेका २७, २८, ३३ र ५१ वर्षीय ४ जना महिला तथा २५, ४४, ४७, ४८, ५६ र ६० वर्षीय ६ जना पुरुष रहेका छन् ।
पोखरा १ का ४७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २ का ६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३२, ५६ र ६२ वर्षीय ३ जना महिला तथा २६, ५२ र ५९ वर्षीय ३ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३ का ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ११ वर्षीय बालिका, २६ र ५२ वर्षीय महिला तथा १७, २३, ३६, ४२, ५७ र ७९ वर्षीय ६ जना पुरुष हुन् ।
वडा नम्बर ४ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १६ र ६५ वर्षीय २ जना महिला तथा ४० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ५ का ९ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २३, २५, २८ र ३५ वर्षीय ४ जना महिला तथा १४ वर्षीय बालक, ३८ वर्षीय, ६५ वर्षीय २ जना र ७८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ६ का २० वर्षीय १ जना महिला तथा ५० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ७९ वर्षीय १ जना महिला तथा ६८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २३, २५ र ४२ वर्षीय ३ जना महिला तथा १७, ३०, ३८, ५२ र ५३ वर्षीय ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ९ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३७ वर्षीय १ जना महिला तथा २८ र ५७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १० का १२ वर्षीय बालक तथा २२ सहित २२ वर्षीय पुरुष गरेर २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ११ का १३ वर्षीय १ जना बालक तथा ३० वर्षीय पुरुष गरेर २ जनालाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १२ का ६१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा १३ का ४६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २१ महिनाका बालक सहित ३४ र ३९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै सोही वडाका २३ र ३० वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा १६ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २८, २९, ३७ र ८५ वर्षीय ४ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १७ का ६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २५, ५१ र ५२ वर्षीय ३ जना महिला तथा २३, ३७ र ५९ वर्षीय ३ जना पुरुष रहेका छन् ।
वडा नम्बर २१ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २० र ६५ वर्षीय २ जना महिला तथा २९ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा २५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५३ वर्षीय महिला तथा ५६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा २६ का ५४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २७ का ७१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ३२ का २८ वर्षीय १ जनालाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मादी गाउँपालिकामा २३ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित महिला गाउँपालिकााके कति नम्बर वडाकी हुन भन्ने खुलेको छैन ।
त्यस्तै कास्कीकै अन्नपूर्ण गाउँपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो गाउँपालिकाका ४१ वर्षीय १ जना महिला तथा ३६ र ६२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनीहरु गाउँपालिका अन्तरगत कति
नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
यता गण्डकी प्रदेशमा बाग्लुङका ४, म्याग्दीका १०, पर्वतका १६, स्याङ्जाका १२ तथा तनहुँका ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार २ सय ४ पुगेको छ ।