काठमाडौं । लिभरपुलका स्टार खेलाडी मोहम्मद साहल कोरोना संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय खेलका लागि इजिप्टको टिममा रहेका सालहमा संक्रमण पुष्टि भएको हो । इजिप्टको फुटबल एसोसिएसन इएफएले शुक्रबार वक्तव्य जारी गरेर २८ वर्षका साहलमा संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।
उनलाई दोस्रो परीक्षण गर्दा पनि संक्रमण देखिएको हो । अहिले भने उनलाई कुनै लक्षण देखिएको छैन । त्यस्तै इजिप्टको टिमका अरु सदस्यमा भने संक्रमण देखिएको छैन । इजिप्टले अफ्रिका कप अफ नेशन्सको छनौट चरणमा शनिबार टोगोसँग प्रतिस्पर्धा गर्नेछ । सालह अहिले आइसोलेशनमा छन् र उनले लिभरपुलबाट आउँदा दुई खेल गुमाउने भएका छन् ।