पछिल्लो २४ घण्टामा नेपालमा २१ सय ११ जनालाई कोरोना संक्रमण पुष्टि, १३ जनाको निधन

पोखरा । नेपालमा थप २ हजार १ सय ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार १ सय ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

हाल नेपालमा ३७ हजार २२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा यो अवधिमा थप ३ हजार ५ सय ३७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ ।

नेपालमा थप १३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार २ सय २ पुगेको छ ।

हाल नेपालमा कास्की सहित झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, सुनसरी, नवलपरासी (पू) दाङ, रुपन्देही, कैलाली तथा पाल्पामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

त्यस्तै नेपालमा मनाङ मात्र सक्रिय संक्रमितहरुको संख्या सुन्य भएको जिल्ला हो ।

नेपालमा हाल २९ हजार ४९ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ८७ जनाको आइसियु तथा ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जसमा गण्डकी प्रदेशमा होम आइसोलेसनमा १ हजार ८ सय १६ जना रहेका छन् । हाल गण्डकी प्रदेशमा ६९ जनाको आइसियु तथा ११ जना कोरोना भाइरस संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...