पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको निधन भएको छ । २ जनाको नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।
पोखरा १४ की ६७ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको शुक्रबार बिहान २ बजेको समयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २१ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा १५ की ५४ वर्षीय महिलाले समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको बिहीबार दिउँसो ३ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई कार्तिक २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय १६ पुगेको छ ।
पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप १४ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ४ का २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ६ का २७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ११ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १२ का ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा १४ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३८, ३९ र ४० वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १५ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २६, ३१ र ६४ वर्षीय ३ जना पुरुष रहेका छन् ।
पोखरा १७ का ३३ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २६ की ७२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा २७ का ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा २९ का ५७ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जाका ४ तथा तनहुँका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ९ सय २९ पुगेको छ ।