काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीको समयमा रोजगार गुमाएका व्यक्तिलाई रोजगारी प्रदान गर्ने भएको छ । महानगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएकाले आफू बस्ने वडा कार्यालयमा सम्पर्क गर्न सुचना जारी गर्दै आग्रह गरेको छ ।
साथै महानरपालिकाले शारीरिक रुपमा काम गर्न नसक्ने, असक्त तथा असहायलाई खान बस्न तथा स्वास्थ्य उपचारका लागि मावन सेवा आश्रममा व्यवस्था मिलाएको छ ।
‘महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिकरुपमा काम गर्न नसक्ने महानगरवासीले काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध भएकाले नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल गर्दछौं ।’ महानगरपालिकाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
महानगरपालिकाले मंसिर २ गतेबाट खुला क्षेत्रमा खाना खुवाउने कार्य बन्द हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर अन्य संरचनामा भोजन सेवा सञ्चालन गर्न समेत सम्बन्धित संस्थाहरुलाई आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा आगामी २०७७ मंसिर २ गतेबाट बन्द गर्ने निर्णय भएकोले अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड परिपालना गरी भोजन सेवा सञ्चालन गर्न सवै सामाजिक संघ संस्थालाई अनुरोध छ ।’