कम्युनिस्ट पार्टीमा भएको फुटको कारण खोज्नु पर्ने बेला आएको छ : एमाले नेता ढुगेल

नेकपा एमालेका केन्द्रिय सदस्य माधब ढुंगेलले कम्युनिस्ट पार्टीमा भएको फुटको कारण खोज्नुपर्ने बेलाआएको बताएका छन ।
नेकपा एस निकट अखिलले आयोजना गरेको बिद्यार्थी दिवस तथा अनेरास्ववियूको ६१ औं स्थापना दिवसको अबसरमा बर्तमान राजनितिक अबस्थामा युवा बिद्यार्थीको भुमिका बिचार गोष्ठी तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै ढुंगेलले कम्युनिस्ट आन्दोलन कसरी र कस्को कारणले छिन्नबिन्न भयो भन्ने कुरा सबै नेताहरु इमानदार भएर खोज्नुपर्ने बेला आएको बताए ।


ढुंगेलले अबको बिद्यार्थी आन्दोलन सिर्जनात्मक र रचनात्मक हुनुपर्ने बताउदै प्राबिधिक शिक्षा लाई जोड दिनुपर्ने बताए । हामिले नीति नियमको तहमा छलफल गरेर परिवर्तन गर्नुपर्ने स्वरुप बद्ल्ने भनेर नै आफुले शैक्षिक सम्मेलन गरेको स्मरण गरे।
कम्युनिस्ट एकता साच्चै गर्ने हो भने बिगतका कमिकमजोरी बाट पाठ सिकेर आगाडी बढ्नु पर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...