मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न भएको आरोपमा ३ जना पक्राउ

पोखरा । मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न भएको आरोप जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको मादी गाउँपालिका १ खेलुङका २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका वडा नम्बर ४ बस्ने ३० वर्षीय अन्जु गुरुङ तथा काभ्रेको पाँचखाल ४ का २६ वर्षीय आशिष भुजेल रहेका छन् । उनीहरुलाई प्रहरीको टोलीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका ३ जनाले नै विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारमा पठाउने भन्दै पोखराको लेकसाइडमा ल्याएर जबरजस्ती देहब्यापारमा लगाउन मोलमलाई गरेका थिए । प्रहरीका अनुसार पक्राउ परेकाहरुले ती महिलाहरुलाई शारीरिक तथा मानसिक यातना समेत दिएका थिए ।

पक्राउ परेकाहरु उपर मानव बेचविखन तथा ओसारपोसार सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरेर घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...