पोखरा । पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३५ वर्षीय १ जना पुरुष हुन् ।
वडा नम्बर २ का ६१ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २३ र ४३ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ५ का ५८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ६ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २६ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १० का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २७, २८ र ३२ वर्षीय ३ जना महिला तथा २५ र २६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ११ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २० र ५५ वर्षीय २ जना महिला तथा ३७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १२ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४१ वर्षीय १ जना महिला तथा ३२, ४२, ४५ र ५७ वर्षीय ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १३ का १३ वर्षीय १ जना बालकलाई समेत संक्रमण पुष्टि भएको छ ।
पोखरा १५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ७५ वर्षीय १ जना महिला तथा ५० वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा १८ का ४८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १९ र २० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा २३ का ३७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
यो समाचार तयार पार्दासम्म स्वास्थय निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार आज दिउँसो समेत १ सय १९ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै आज पोखरामा अहिलेसम्मको तथ्यांक अनुसार १ सय ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ का ३७ वर्षीय १ जना पुरुष रहेका छन् ।
यस्तै लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर ७ का ३७ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ७ सय ३ पुगेको छ ।
यता कास्कीको रुपा गाउँपालिकाका १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ५ का ७२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान साढे ८ बजे कोरोना संक्रमणबाट ज्यान गएको हो । उनलाई कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय १३ पुगेको छ ।