दिपक के श्रेष्ठ
युएइमा जारी तेह्रौं सिजनको उपाधि चुम्न आज साँझ दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा चारपटकको विजेता मुम्बइ इन्डियन्स र पहिलोपटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन् ।
नेपाली समय अनुसार साँझ पौने आठ बजे हुने खेलमा मुम्बई पाँच पटक जीतको खोजीमा हुनेछ भने दिल्ली मुम्बइको सपना चकनाचुर बनाउँदै इतिहास रच्न लालयित छ । १३ वर्षको खेल तथ्यांकलाई हेर्दा दुई टोलीबीच हालसम्म २७ खेल भएका छन् । जसमा मुम्बइले १५ खेल जितको छ भने दिल्लीले १२ खेलमात्र जितेको छ । जारी सिजनमा भएको ३ खेलमा मुम्बइले सबैमा बाजी मारेर धाक जमाएको छ । आजको चौथो खेलमा पनि मुम्बई सोही लयकासाथ खेल्दै जीत हात पार्न उद्दत देखिन्छ ।
यता, दिल्ली भने १२ संस्करणसम्म सेमीफाइनलमा समेत पुग्न नसकेर केवल सहभागिता जनाइहरेको थियो तर यसपटक पासा पल्टाउने लक्ष्यसाथ टिम कप्तान श्रेयस अयर तयारी गरिरहेका छन् । यद्यपि, दिल्लीमा कप्तानभन्दा बढी रणनीतिकारको भूमिकामा रहेका छन् अष्टे«लियाली प्रशिक्षक रिकी पोन्टिङ ।
जारी सिजनलाई विश्लेषण गर्दा मुम्बइको ब्याटबाट १ सय ३० छक्का निस्केको छ भने दिल्लीले ८४ छक्का हानेको छ । दिल्लीका बलर कगिसो रबाडाले म्याचमा २९ विकेट लिएर शीर्ष स्थानमा रहेपनि मुम्बइका जसप्रित बुमराह र टे«ंट बोल्टकासामु दिल्लीका ब्याट्सम्यान खुलेर खेल्न सकेका छैनन् । तरपनि दिल्लीका शिखर धवनले यसपटक ६ सय बढी रन बनाइसकेका छन् भने पछिल्लो खेलमा उनकै प्रदर्शनले टिम फाइनलमा पुगेको छ ।
आज हुने फाइनलमा मुम्बइबाट कप्तान रोहित शर्मा र सूर्यकुमार यादवको काँधमा विशेष जिम्मेवारी छ भने दिल्लीका शिखर धवन र कगिसो रबाडाले खेल आफ्नो पक्षमा पार्न प्रमुख भूमिका निभाउनु पर्नेछ ।
दिल्लीसँग रहेका शिखर धवन, सिमरोन हेटमायर र अक्षर पटेलजस्ता बायाँहाते ब्याट्सम्यानविरुद्ध मुम्बइले आज स्पिनर जयन्त यादवलाई उतार्ने प्रबल सम्भावना छ । त्यस्तै, केही अघि घाइते भएका बोल्टले ओपनिङको जिम्मा लिन सक्छन् । दिल्लीले भने अघिल्लो खेलमा उतारेको टोलीलाई नै दाहो¥याउनेछ । बलिङ र ब्याटिङतर्फ अलराउण्ड प्रदर्शन गरेका मार्कस स्टोइनसले पछिल्लो खेलमाजस्तै प्रदर्शन गर्ने प्रशिक्षक पोन्टिङले विश्वास गरेका छन् । स्पिनतर्फ प्रविण दुबे वा हर्षल पटेलले स्थान पाउनेछन् ।
फाइनलको पूर्वसन्ध्यामा प्रशिक्षक पोन्टिङले भनेका छन्, ‘दिल्लीले यस सिजनमा मुम्बइसँग कति पटक हा¥यो भन्ने कुराको हिसाब गर्नु बेकार छ, अब हामी फाइनल खेल्दैछौ र जितोन्मुख छौं ।’ मुम्बइले फ्यानहरुलाई ‘वान नाइट स्लिप अवे’ भन्दै ताज उचाल्न एकरातमात्र बाँकी रहेको जनाएको छ । यसैबीच, दिल्लीले ‘नेभर सरेन्डर’ भन्दै फ्यानहरुलाई आफु फाइटर भएको सन्देश दिएको छ ।
– एजेन्सीको सहयोगमा
टिम मुंबईः
रोहित शर्मा (कप्तान), आदित्य तारे, अनमोलप्रीत सिंह, अनुकूल रॉय, क्रिस लिन, धवल कुलकर्णी, दिग्विजय देशमुख, हार्दिक पंड्या, ईशान किशन, जेम्स पेटिंसन, जसप्रीत बुमराह, जयंत यादव, कीरोन पोलार्ड, क्रुणाल पंड्या, मिशेल मैक्लेनघन, मोहसिन खान, नाथन कूल्टर(नाइल, प्रिंस बलवंत राय, क्विंटन डीकॉक, राहुल चाहर, सौरभ तिवारी, शेरफेन रदरफोर्ड, सूर्यकुमार यादव, ट्रेंट बोल्ट।
टिम दिल्लीः
श्रेयस अय्यर (कप्तान), कैगिसो रबाडा, मार्कस स्टोइनिस, संदीप लामिछाने, ईशांत शर्मा, अजिंक्य रहाणे, रविचंद्रन अश्विन, शिखर धवन, शिमरोन हेटमेयर, एलेक्स कैरी, मोहित शर्मा, पृथ्वी शॉ, ललित यादव, अवेश खान, अक्षर पटेल, तुषार देशपांडे, ऋषभ पंत, हर्षल पटेल, कीमो पॉल, अमित मिश्रा, एनरिक नॉर्तजे, प्रविण दुबे, डैनियल सैम्स।