रोयल इनिफिल्डको ‘मिटिओर–३५०’ सार्वजनिक, नेपालमा सम्भावित मूल्य यस्तो छ

गन्थन डेस्क

रोयल इनिफिल्डको मिटिओर–३५० मोटरसाइकल भारतमा लन्च गरिएको छ । विश्वप्रसिद्ध मोटरसाइकल कम्पनी रोयल इनिफिल्टडको नयाँ सिरिज यसअघिको थन्डरबर्डबाट प्रेरित भएपनि यसमा विभिन्न फिचर थपिएको छ ।

भारतमा यो बाइकको मूल्य १ लाख ७५ हजार भारु तोकिएको छ । फायरबल, स्टेलर र सुपरनोभा जस्ता ३ भेरिएन्टमा उपलब्ध हुने यो बाइकले अब बेनेली, होन्डा हाइनेस सीबी ३५० र जावा ट्विन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यसको बुकिङ समेत शुरु भइसकेको छ । मोटरसाइकलमा ३ वर्षको वारेन्टी दिइएको छ । यो मोटरसाइकल नेपाल आएपछि ६ लाख रुपैयाँबाट यसको मूल्य सुरु हुने अनुमान गरिएको छ ।

रोयल इन्फिल्ड मेटियर ३५० मा बीएस ६ मापदण्डयुक्त ३४९ सीसीको एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले २०.५ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइक ५ स्पिड गियरबक्सका साथ लन्च भएको हो ।

मेटियर ३५० मा पहिलो पटक रोयल इन्फिल्डले स्मार्ट कनेक्टिभिटी उपलब्ध गराएको छ, जसलाई रोयल इन्फिल्ड एपको सहयोगले फोनसँग कनेक्ट र कन्ट्रोल गर्न सकिन्छ । त्यसैगरी फोनबाटै नेभिगेसन कनेक्ट गरेर इन्स्ट्रयुमेन्ट क्लस्टरमा देख्न सकिन्छ ।

रोयल इन्फिल्ड मेटियर ३५० मा भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरमा गियर पोजिसनका साथै ओडोमिटर, फ्युल गेज, ट्रिप मिटर र सर्भिस रिमाइन्डर जस्ता फिचर पनि देख्न सकिन्छ । त्यसैगरी यसमा ड्युअल च्यानल एबीएस, ट्विन सक एब्जर्बर, एलईडी डीआरएल भएको सर्कुलर हेलोजन हेडल्याम्प, एलईडी टेलल्याम्प र ४१ एमएम टेलिस्कोपिक फोर्क्स पनि उपलब्ध छ । यसको सिट पनि निकै नै आरामदायी बनाइएको छ ।

कमेन्टहरु
Loading...