पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ को कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा आजबाट लागू हुने गरेर कार्तिक २८ गतेसम्मका लागि बन्द हुने भएको छ ।
कोरोना महामारी वडा नम्बर २२ का समेत फैलिंदै गएको र सो वडाको छिमेकी वडामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सो वडा कार्यालय बन्द गर्ने निर्णय भएको सुचना प्रकाशित गर्दै जानकारी दिएको हो ।
सुचनामा जनाइए अनुसार वडा नम्बर २२ को छिमेकी वडामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको र संक्रमित कर्मचारीको कार्य क्षेत्र २२ नम्बर वडामा समेत रहेको भन्दै सम्भावित रुपमा हुन सक्ने संक्रमणलाई ध्यानमा राखेर वडा कार्यालय बन्द गर्नुपरेको हो ।