‘चालकसंग १ मिनेट’ कार्यक्रमको सुरुआत

पोखरा । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाले सडक प्रयोगकर्ता चालकहरुसंग ‘चालकसंग १ मिनेट’ कार्यक्रम सुरुआत गरेको छ । सडक दुर्घटना न्युनीकरण तथा कोरोना भाइरस संक्रमणलाई फैलन नदिन उक्त कार्यक्रम सुरुआत गरेको हो ।

सुरुआत कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले यो कार्यक्रम ट्राफिक प्रहरीसंगको चालकमैत्री व्यवहार तथा कुशल कार्यदक्षता समेत जोडिएकाले यो विषयमा सन्तोषजनक प्रतिक्रिया आइरहेको बताए ।

अन्य सरोकारवाला निकायसंग समन्वय गरेर राजमार्ग तथा ग्रामीण सडकहरुमा समेत थप कडाई गरिने उनको भनाई थियो । सवारी दुर्घटना न्युनीकरणका लागि आफूहरु सदैव अग्रसर हुने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

दिनप्रति दिन बढ्दो सवारी चाप तथा बढ्दो सवारी दुर्घटनालाई ट्राफिक सचेतना मार्फत न्यूनिकरण गर्ने साथै प्रदेश भरिनै स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य रुपमा पालना गराई संक्रमणलाई फैलन नदिन उक्त अभियानको थालनी गरिएको हो ।

कमेन्टहरु
Loading...