काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
देशभर हालसम्म कोरोनाबाट १ हजार ८७ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दियो ।
पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ।
मन्त्रालयका अुनसार देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। जसमध्ये ३५ हजार ४ सय ३५ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जना संक्रमित थपिएका छन्। यस्तै काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन्।