पोखरामा थप १ सय ७५ जनामा संक्रमण पुष्टि

 

पोखरा । गण्डकी प्रदेशमा थप २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र लाइफ केयर एण्ड डायग्नेस्टिक प्रा लिमा गरिएको परिक्षणमा प्रदेशका विभिन्न जिल्ला गरि थप २ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा १ सय ७५ जनामा कास्की जिल्लाका रहेका छन् ।

 

स्वास्थ्य निर्देशनालयका अनुसार कास्की जिल्लाका संक्रमित सबै पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै तनहुँ जिल्लामा पनि थप १३ जनामा संक्रमण पुष्टि भएको छ । यता बागलुङमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ । गोरखामा पनि थप ३० जनामा संक्रमण पुष्टि भएको छ । लमजुङमा थप १० जनामा संक्रमण पुष्टि भएको छ । पवृत पैंयुमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै स्याङ्जामा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ८ हजार ९ सय ८४ पुगेको छ ।

कमेन्टहरु
Loading...