पाेखरा– नेपाली सेनाका सेनापति महारथी पूर्णचन्द्र थापको औपचारिक निमन्त्रणामा नेपाल आएका मनोजमुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फिर्ता भएका छन ।
नरवणे शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेटघाट गरेका थिए ।
बिहीबार नरवणेले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्राप्त गरेका थिए ।
दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्ध भारतीय सेनाध्क्ष नरवणेको भ्रमणले अझ सुमधुर एवं विस्तार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।