पोखरा । पोखरा महानगरपालिका वडा नं ३० मा रहेको नागरिक परोपकार समन्वय संस्थाले शब वहान खरिदका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ ।
कास्की जिल्लालाइ नै कार्य क्षेत्र बनाएको कोरोना महामारीको बीचमा खाद्यन्न वितरण तथा र गरिब तथा अशक्तको उपचारमा सहयोग गरेको थियो ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाले अब शब वहान संगै एम्बुलेन्स पनि खरिद गर्ने गरि अभियान सुरु गरिएको जानकारी दिए ।
शुक्रबार पोखरा- ३० स्थिति शिव मन्दिर परिसर गरिएको आर्थिक संकलन अभियानमा नेकपा वडा नं ३० अध्यक्ष कृष्ण अधिकारीले ११ हजार १ सय ११ सहयोग प्रदान गरे ।
उनले आफू सधै संस्थाको साथमा रहेको र कर छुट , भन्सार लगायतका बिषयमा सक्दो पहलको लागि संघीय सांसद खगराज अधिकारी लगायत सम्बन्धित निकायसंग कुरा गरिरहेको जानकारी दिए ।
अभियानको पहिलो दिन रु ६ लाख २१ हजार ७ सय ८७ रुपैया संकलन भएको अध्यक्ष ओझाले जानकारी दिए । अभियानमा अध्यक्ष ओझाले १ लाख ११ हजार ८ सय ८८ , मेघनाथ तथा सुमित्रा सुबेदीले रु १लाख १ हजार ७६६ एम इजी कन्स्ट्रक्सनका प्रेम थापाले रु ५१ हजार १ सय ११ , संस्थाका सचिब रामराज अधिकारीले ५१ हजार १ सय ११, शिबराज अधिकारीले ३३ हजार ३ सय ३३, छत्रधर आत्रयले २५ हजार ५ सय ५५ , बिनोद ढुंगानाले २५ हजर , टीकाबहादुर रानाभाटले २५ हजार सहयोग गरेका थिए ।
वडा नं ३० वडा सदस्य सोमलाल कंडेलले निर्बाचनको समयमा बोलेका बाचाहरु भन्दापनि बढि काम संस्थाले गर्न लागेको भन्दै आफ्नो पूरा साथ र सहयोग रहने कुरा उल्लेख गरे।
नेपाली कांग्रेस वडा ३० का सभापति निरलाल तज्याले संस्थाले गर्न लागेको कामको लागि पुर्ण समर्थन रहेको बताए ।
संस्थाका आर्थिक उप समितिका संयोजक उपेन्द्रराज सुबेदीले संस्थाको उद्देश्य पूरा गर्न अब आर्थिक संकलन तर्फ सबैको ध्यान जानुपर्ने र आगामी दिनमा सबै नागरिकसंग अपिल गरिने भनाइ राखे ।