अर्को सुचना जारी नभएसम्मका लागि पोखरा १७ को वडा कार्यालय कार्तिक २३ गतेबाट बन्द हुने

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ कार्तिक २३ गतेबाट अर्को सुचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अर्को सुचना जारी नभएसम्मका लागि कार्यालय बन्द हुने सुचनामार्फत् जानकारी दिएको हो । वडा कार्यालयले वडावासीहरुलाई अत्यावश्यक कामका लागि बाहेक हिँडडुल नर्गन तथा समूहमा जम्मा भएर भीडभाड नगर्न समेत आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...