पोखरामा थप ४६ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३० वर्षीय १ जना महिला तथा २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ का ३७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ३ मा ३५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३७ र ५० वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा ५ का ५७ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ की ६० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ८ मा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४ जना महिला तथा ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३६, ४१ र ७२ वर्षीय २ जना पुरुष रहेका छन् । त्यस्तै ४४, ५४ र ७३ वर्षीय ३ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ९ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ६३ वर्षीय १ जना महिला तथा १३ वर्षीय १ जना बालक र ७८ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा १० का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ३३ र ५४ वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ११ की ६० वर्षीय १ जना महिलालाई कोरोना पुष्टि भएको छ ।

पोखरा १२ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित २९ र ३२ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा १४ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २६ वर्षीय १ जना महिला ताथ ३६ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई कोरोना पुष्टि भएको हो । संक्रमितहरु ५३ वर्षीय १ जना महिला तथा ६० र ६४ वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर १६ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५१ वर्षीय १ जना महिला तथा ४३ र ७६ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा १७ का ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४ जना महिला तथा ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १७, २९, ४२ र ५२ वर्षीय ४ जना महिला तथा १७, १९, ३६ र ५० वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा १८ का ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १९ का ४१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २२ का ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३० का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ४२ र ५७ वर्षीय २ जना महिला तथा ३० वर्षीय १ जना पुरुष रहेका छन् ।

आज बिहान समेत पोखरामा ३६ तथा रुपा र मादी गाउँपालिकामा १÷१ जना गरेर कास्कीमा ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको वालिङ नगरपालिकाका हुन् । नगरपालिकाका ७० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । त्यस्तै सोही नगरपालिका वडा नम्बर ३ का ४४ वर्षीय १ जना पुरुषलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पर्वतमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नम्बर २ का २० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

यता तनहुँमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जनाको ठेगाना खुलेको छैन । उनीहरु ४२ वर्षीय १ जना महिला तथा २३ वर्षीय १ जना पुरुष रहेका छन् । त्यस्तै भीमाद नगरपालिका वडा नम्बर १० का ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ हजार ६ सय ३६ पुगेको छ ।

कमेन्टहरु
Loading...