पोखरा । गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा प्रदेशका दुई जिल्लामा गरि थप ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित मध्ये ३८ जना कास्की जिल्ला रहेका छन् । पोखरा महानगरपालिकामा थप ३६ जनामा संक्रमण पुष्टि भएकोे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । जिल्लाको रुपा गाँउपालिकामा थप १ जना र मादी गाँउपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै लमजुङ जिल्लामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाको सुन्दरबजारका ३ पुरुषमा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ८ हजार ५ सय ८४ पुगेको छ ।