काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उपत्यकामध्ये काठमाडौंमा हालसम्म सङ्क्रमितको सङ्ख्या ६८ हजार ४४९ पुगेको छ भने निको हुनेको सङ्ख्या ५१ हजार ८५९ रहेको छ ।
भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने निको हुने चार हजार ९१५ रहेका छन् ।
यस्तै ललितपुरमा कूल नौ हजार ६६३ सङ्क्रमितमध्ये सात हजार ३२२ जना निको भएका छन् । हाल दुई जिल्ला मनाङ र बाजुरा बाहेकका ७५ वटै जिल्लामा सक्रिय सङ्क्रमित रहेका छन् ।