देशभर ३ हजार ५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिए छन्।

१३ हजार ६८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा १ हजार २०९ महिला र १ हजार ८४२ पुरुषमा संक्रमण पुष्टि भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै  काठमाडौँका १ हजार ९१ , भक्तपुरका १ सय ४७ तथा ललितपुरका १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो।

कोरोनाले पछिल्लो पटक थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुने कूल संख्या १ हजार ५२ पुगेको छ ।

 

कमेन्टहरु
Loading...