पोखरा । पोखरामा आज थप ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा पोखराका ४४ जनालाई संक्रमण पुष्टि भएको छ ।
पोखरामा ठेगाना खुल्न नसकेका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ३३ वर्षीय १ जना महिला तथा ३० र ४१ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ६० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ३ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ महिला तथा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित १४ वर्षीय १ जना युवती तथा ३७ र ३९ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा ४ का ५ जनालाई कोेरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित २४, ३१, ३२ ४२ र ४४ वर्षीय पुरुष रहेका छन् ।
पोखरा ५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४१ वर्षीय १ जना महिला तथा ५४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ६ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित २९ र ३३ वर्षीय २ जना महिला तथा ३२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ७ का ४३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ८ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २० र ७९ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा ९ का ३ जनालाई कोरोना पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३४ वर्षीय १ जना महिला तथा ३० र ७७ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा १० का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३३ र ६४ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा ११ का ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १२ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५२ वर्षीय १ जना महिला तथा ३२ र ४७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १३ का ३९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरापलिका वडा नम्बर १४ का ४२ वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।
पोखरा १६ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३४ र ५३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १७ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित २७, २८ र ३४ वर्षीय महिला हुन् ।
पोखरा २५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित १९ र ३१ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा २६ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३७ वर्षीय १ जना महिला तथा ४५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा २७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २४ र ४५ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा २९ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २९ वर्षीय १ जना महिला तथा ५९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
मुस्ताङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको चराङ गाउँपालिका वडा नम्बर २ का ७६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय १ जना, वालिङ नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय १ तथा वडा नम्बर ९ का ७१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
तनहुँमा २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको भिमाद नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय १ जना तथा ब्यास नगरपालिका वडा नम्बर ५ का ८२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ९ सय ३५ पुगेको छ ।