पोखरा । पोखराको विरौटामा रहेको बिरुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दशौं वार्षिकोत्सव, नवौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले शिवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा हरिशचन्द्र रेग्मी, सहसचिवमा सुमित्रा लम्साल, कोषाध्यक्षमा घनश्याम शर्मा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा कल्पना श्रेष्ठ, रघुनाथ पराजुली, लालु प्रसाद उपाध्याय, विष्णु प्रसाद सुवेदी, द्रोणराज महत र राधिका शर्मा चयन भएको सहकारीका प्रबन्धक शम्भु बरालले जानकारी दिएका छन् । लेखा समिति संयोजकमा रघुनाथ शर्मा चयन भएका छन् भने सदस्यहरुमा शशिकला लामिछाने, कमल प्रसाद बराल रहेका छन् । त्यस्तै कर्जा उपसमिती सदस्यमा लोकनाथ जैसी र बाबुराम अधिकारी रहेका छन् । यस्तै शिक्षा उप–समिति सदस्य मित्रलाल तिवारी, मीना कुमारी पोख्रेल रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सहकारी रजिष्टार प्रेम प्रसाद ढकाल, विशेष अतिथि पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारी, कास्की बचत संघका अध्यक्ष तथा सहकारीका पूर्व अध्यक्ष भेषराज बराल, सहकारीका निवर्तमान अध्यक्ष चित्रराज बराल लगायतले बोलेका थिए ।
निर्वाचन समितिका संयोजक झपिन्द्रराज रेग्मीले नव–निर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए । संस्थाका निवर्तमान अध्यक्ष चित्रराज बरालको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन निवर्तमान सचिव तथा नवनिर्वाचित उपाध्यक्ष शिवराम भण्डारीले गरेका थिए ।