पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा पोखरा महानगरपालिका वडा नम्बर ५ कि ५९ महिलाको कोरोना भाइरस संक्रमणबाट गएराती ११ बजेर ज्यान गएको हो ।
कार्तिक १४ गते कोरोना भाइरस संक्रमण भए पछि उनी उपचार केन्द्रको आइसियुमा उपचाररत थिइन्। अस्पतालले उनी लामो समयदेखि निमोनियाको बिरामी रहेको जनाएको छ । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २६ औं व्यक्ति हुन् ।